Hamal Newsकाठमाडौ। वालबालिकाहरुमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१६ को छैठौं संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ । कार्यक्रममा बालबालिकाहरुले आफूमा भएको प्रतिभा प्रस्तुत गरिएका थिए। कार्यक्रममा बालबालिकाहरुले नृत्य, गायन, बक्क्तिृत्व कला, वाद्य वादनमा पियानो र किबोर्ड, अभिनय, जादु आदि प्रदर्शन गरिएका थिए।

कार्यक्रमका निर्णायकहरुमा मेसन्जर बेण्डका गायक राजेश हमाल, गायिका सन्जना श्रेष्ठ, मोडल एवम इभेन्ट म्यानेजर कुवेर कार्की, कलाकार एवम रंङ्गकर्मी राजु हमाल, ब्युटिसियन डिभाका फस्ट रनर अप प्रेक्क्षा आर श्रेष्ठ र फेशन डिजाइनर मल्लिका शाक्य रहेका थिए।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनमा भइरहेको लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१६ को कोरियोग्राफी राज फैजुले गरेका छन्। उक्त कार्यक्रमका विजेताहरुलाई विभिन्न विज्ञापनहरुमा अवसर प्रदान गरिने छन्। कार्यक्रमको अन्तिम चरणका प्रतियोगिता आउदो शुक्रबार बैशाख ३१ गते, राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुनेभएको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २७ गते सोमवार ।