Little Prince & Princess 2काठमाडौ। रेडियन्ट इभेन्ट म्यानेज्मेन्ट एजेन्सीको आयोजनामा हुन लागेको लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल २०१७ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ।

उक्त ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले गायन, नृत्य, बक्तृत्वकला, बाद्यबादन, चित्र लेखन लगायतका प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा टिना मानन्धर, प्रमिला भण्डारी, अर्पिन शाही, रोशन श्रेष्ठ लगायत निर्णायक रहेका थिए।

कुल २३ प्रतियोगी रहेको उक्त प्रतियोगिता को फाइनल यही जेष्ठ १९ गते राष्ट्रिय नाचघर जमलमा हुनेभएको छ। बालबालिकामा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उदेश्य सहित आयोजित उक्त प्रतियोगिताको यो ७ औ संस्करण हो। यस प्रतियोगिताका कोरियोग्राफर राज फैजु हुन्।Little Prince & Princess 1प्रकाशन मिति–२०७४ साल जेष्ठ १५ गते सोमवार ।