आयोजक जय मिडिया मेनेजमेन्टका मेनेजिङ्ग डाइरेक्टर राय जय
आयोजक जय मिडिया मेनेजमेन्टका मेनेजिङ्ग डाइरेक्टर जय राज राय

काठमाडौ। जय मिडिया मेनेजमेन्ट प्रा.लि. विराटनगरको आयोजनामा विराटनगरमा मिस्टर कोशीको पहिलो अडिसन सम्पन्न भएको छ। विरानटनगरमा गत हप्ताको शनिवार सम्पन्न भएको अडिसनवाट १० जना मोडल छानिएको आयोजक जय मिडिया मेनेजमेन्टका मेनेजिङ्ग डाइरेक्टर जय राज रायले जानकारी दिएका छन्।

तन्नेरी युवाहरुलाई लक्षित गरेर आयोजना गर्न लागेको मिस्टर कोशीका आयोजक जय मिडिया मेनेजमेन्टका मेनेजिङ्ग डाइरेक्टर जय राज रायले भनेका छन्। मेनेजिङ्ग डाइरेक्टर जय राज रायका अनुसार मिस्टर कोशी नामाँकन भएतापनि यस कन्टेस्टमा नेपालभरका १६ देखि ३० बर्ष उमेर समूहका तन्नेर युवा पुरुषहरुले सहभागिता जनाउन सकिने भएका छन्।

mr-koshi-1मिस्टर कोशीका विजेतालाई नगद २ लाख तथा दोश्रो हुनेलाई थाइल्याण्ड भिजिट र तृतिय हुनेलाई नगद २५ हजारको सपिङ्ग भाउचर प्रदान गरिने भएको छ। विजेता तीनैजनालाई अवार्डसंगै म्यान हण्ट इन्टरनेशनलमा सहभागिता गराइने आयोजक जय मिडिया मेनेजमेन्टले जनाएको छ। मिस्टर कोशीको फाइनल कात्तिक ६  गते विराटनगरमा नै हुने भएको छ। आयोजक जय मिडिया मेनेजमेन्टले यसअघि मिस कोशी र मिस्टर एण्ड मिस एसएलसी संपन्न गरिसकेको छ।
प्रकाशन मिति–२०७३ साल असोज ८ गते शनिवार ।