लण्डन। इजरायलका नेताहरुसँग अनधिकृत रुपमा भेटेपछि विवादित बनेकी बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलले पदबाट राजीनामा दिएकी छन्। अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रिट गएर प्रधानमन्त्री टेरिजा मेलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

गत अगष्टमा इजरायलमा छुट्टी मनाउन गएका बेला मन्त्री पटेलले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुलगायत वरिष्ठ अधिकारीहरुलाई भेटेको सार्वजनिक भएको थियो। इजरायली अधिकारीहरुसँग भेटेको बारेमा उनले बेलायती विदेश मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाईसमेत जानकारी गराएका थिए।

त्यसपछि मन्त्री पटेलको बेलायतमा चर्को आलोचना हुँदै आएको थियो । उनले आफ्नो व्यवहारबारे क्षमा मागेका थिए। ४५ वर्षीया पटेल भारतीय मूलकी हुन्।(समाचार एजेन्सीको सहयोगमा )।
प्रकाशन मिति–२०७४ साल कात्तिक २३ गते विहीवार।