काठमाडौ। सन् २०१८ मा रसियामा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम सार्वजनिक भएको छ। खेल यही जुन १४ बाट सुरु हुँदैछ।

फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो। फिफाले १० दिनअघि कूल ७३६ खेलाडीको नाम सार्वजनिक गरेको हो।

यसपटकको विश्वकपमा इटली, चिली र नेदरल्याण्ड्सका खेलाडीले विश्वकप खेल्न पाउनेछैनन्। उनीहरु विश्वकप छनौट भएका छैनन्।

प्रकाशन मिति–२०७५ साल जेठ २२ गते मंगलवार ।