काठमाडौ। फुटबलको महासंग्राम विश्वकपको २१औं संस्करणको विश्कप फुटबल यही जेठ ३१ देखि रसियाका विभिन्न शहरहरूमा हुँदैछ। जेठ ३१ गते देखि असार ३० गतेसम्म एक महिनासम्म चल्ने विश्वकपमा ३२ राष्ट्रले भाग लिएका छन्। ती राष्ट्रहरुलाई ८ समूहमा बिभाजन गरेर खेल खेलाइने भएको छ।

जसमा युरोपबाट रूस (आयोजक), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रले सहभागी छन्। यस्तै एसियाबाट ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रले भाग लिँदैछन्।

अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्कोले खेल्नेछन् भने उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेका छन्।
दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरू गरि ५ राष्ट्रहरूले भाग लिनेछन्।

नेपाली समय अनुसार विश्वकप्को समूहगत खेलको समय तालिका

प्रकाशन मिति–२०७५ साल जेठ २२ गते मंगलवार ।