Mr. & Miss Bishwokarma 1

काठमाडौ। विभिन्न जात–जातिका महिला तथा पुरुषका सुन्दरताको प्रतियोगिता हुंदैआएको छ। यसैक्रममा विश्वकर्मा समुदायको पनि महिला तथा पुरुषहरुको प्रतियोगिता हुने भएको छ। विश्वकर्मा जातिको आवाजको रुपमा संपूर्ण विश्वकर्मा समुदायलाई एकै स्थानमा समेटिएर राष्ट्रिय पहिचानको बुलन्द गर्न मिस एण्ड मिस्टर विश्वकर्मा आयोजना हुने भएको हो।

इभेन्ट हाउस प्रा.लि.ले आयोजना गरिन लागेको यस प्रतियोगितामा काठमाडौ र काठमाडौ बाहिरवाट आएका विश्वकर्मा जातिका ६० जना युवायुवतीहरुबाट १५ जना युवकहरु एव १५ जना युवतीहरु छनौट गरिएको छ। जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफूसँग भएको सीप कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न आयोजना गर्न लागेको यस प्रतियोगितामा बिश्वकर्मा समुदाय भित्र का १०६ थर हरु लाई लक्षित गरिएको छ।

विश्वकर्मा समुदायको पहिचान,इतिहासलाई जीवन्त बनाउन तथा यस समुदायको हकहित र पहिचानलाइ राष्ट्र र अन्तराष्ट्रिय रुपमा प्रस्तुति गराउने लक्ष्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले भनेको छ। भदौ महिनाको पहिलो साता बाट ट्रेनीङ सुरु गरिने र असोज १ गते बिश्वकर्मा पूजाका दिन बिजेता घोषण गरिने मिस एण्ड मिस्टर विश्वकर्मा२०१७ को कोरियोग्राफी ख्यातिप्राप्त फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बाले गर्ने भएकी छन्।

कार्यक्रमलाई राष्ट्रिय टेलिभिजन बाट प्रत्यक्ष प्रसारण सहित समापन गरिने कुरा यस प्रतियोगिताका संयोजक तथा इभेन्ट म्यानेजर राज बराइलीले बताए। यस प्रतियोगिताको मुख्य उद्येश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको बराइलीको भनाई रहेको छ। र नेपाली समाजमा भएको कुरीति बिरुद्द सकारात्मक संदेश सम्प्रेषण गर्न यो प्रतियोगिता कोशेढुंगा साबित हुने पनि आयोजक टीमको दावी रहेको छ।

Mr. & Miss Bishwokarma 2प्रकाशन मिति–२०७४ साल साउन १५ गते आइतवार ।