काठमाडौं। १०१ बर्षको इतिहास कायम गरेका शताव्दी पुरुष एवम् इतिहासविद डाक्टर सत्यमोहन जोशीको भव्य सम्मान भएको छ। डिलाइटेड म्युजिक इण्डष्ट्रीज प्रा.लि.को आयोजनामा शुक्रवार अनामनगरमा आयोजित कार्यक्रममा इतिहासविद डाक्टर जोशीको भव्य सम्मान भएको हो।

आयोजक डिलाइटेड म्युजिक इण्डष्ट्रीजका अध्यक्ष तथा महाप्रवन्धक एवम् कवि तथा गीतकार डी.पी. दाहाल परिश्रमीले इतिहासविद डाक्टर जोशीलाई नेपाली पाल्पाली ढाका टोपी तथा दोसल्ला ओढाएर भव्य सम्मान गरेका हुन। सोही भव्य सम्मान कार्यक्रममा नेपाली संगीत आकाशका मेलोडी किङ बरिष्ठ संगीतकार शंभुजीत बाँस्कोटालाई पनि नेपाली पाल्पाली ढाका टोपी तथा दोसल्ला ओढाएर भव्य सम्मान प्रदान गर्ने कार्य भएको छ।

डाक्टर जोशी तथा बाँस्कोटा जस्ता महान स्रष्टा तथा सर्जकलाई भव्य सम्मान गर्न पाउंदा अन्तरआत्मादेखि आफू र आफ्नो कंपनीलाई गौरबताको महशुश भएको कवि तथा गीतकार परिश्रमीले भिजन संसार डटकमलाई वताएका छन्। कार्यक्रममा कवि तथा गीतकार परिश्रमीका अन्तर मनका सुसेली नामक पुस्तकको लोकार्पण शताव्दी पुरुष डाक्टर जोशीवाट भएको थियो। त्यस्तैगरेर, कार्यक्रममा डिलाइटेड म्युजिक इण्डष्ट्रीज प्रा.लि.व्दारा निर्माण भएको क्षितिजपारिमा बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो।

प्रकाशन मिति–२०७७ साल फागुन २१ गते शुक्रवार ।