–प्रज्वल घिमिरे

सुन्दर मानिसको सुन्दरता

उ भित्र पनि भैदिए

पवित्रताको झलक झल्किन्थ्यो

कुरुपता  भित्रको सुन्दरता पनि

उसैलाई देखेर पल्किन्थ्यो

माटो एउटै छ घर पनि एउटै

तर जुटेको कहिल्यै देखिएन

ईर्ष्या आवेग रअहंकार साथमै छ सवैको

आफैले आफैलाई कुटेको कहिल्यै देखिएन।

–बागडोल, ललितपुर ।(कवि प्रज्ज्वल घिमिरे पचासको दशकदेखि निरन्तर साहित्य क्षेत्रमा कलम चलाउंदै आउनु भएका प्रसिद्ध साहित्यकार हुनु हुन्छ।–सम्पादक)

प्रकाशन मिति–२०७५ साल असार २३ गते शनिवार ।