काठमाडौ । काठमाडौं महानगरपालिका वडा नंबर ३ को आयोजना तथा विभिन्न बैंकहरुको सहयोगमा बृक्षारोपन कार्यक्रम भएको छ। वडा नंबर ३ का वडा सदस्य प्रेम थापाका अनुसार, लाजिम्पाट हुंदै महाराजगञ्ज देखि बाँसबारीको न्यूरो अस्पतालको वरपरको मेनरोडमा बृक्षारोपण भएको हो।

१० फिटसम्मका १ हजार विरुवाहरु रोपिएको जानकारी वडा सदस्य थापाले भिजन संसार डटकमलाई दिएका छन्। शहरी हरियाली कायम गर्न ३ नंबर वडा कार्यालयले विशेष पहल गरेर बृहत बृक्षारोपणको आयोजना गरिएको जानकारी पनि वडा सदस्य थापाले दिएका छन्।

३ नंबर वडाका वडा अध्यक्ष दीपक केसीको प्रमुख आतिथ्यता तथा सहयोगी विभिन्न बैंकका प्रमुखहरुले बृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए। महालक्ष्मी विकास बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, ज्योति विकास बैंक, बैंक अफ काठमाण्डु लगायतका बैंकहरुको सहकार्य रहेको थियो।
प्रकाशन मिति–२०७६ साल भदौं १३ गते शुक्रवार ।