काठमाडौ। संचारकर्मी शितल शर्मा तथा गायक शिब हमालको महारानी सार्वजनिक भएको छ। काठमाडौमा आयोजित विशेष समारोह वीच संचारकर्मी शर्मा तथा गायक हमालको तीजको बेजोड भाका रहेको तीज गीत महारानी सार्वजनिक भएको हो।

अत्यन्त रमाइलो र कमेडी बेसको तीज गीतको सार्वजनिक समारोहमा फोटोग्राफी तथा फ्रेमिङ क्षेत्रमा विश्वविख्यात व्यक्तित्व च्याङ्बा लामाको योगदानको चर्चा भएको थियो। सोही समारोहमा च्याङ्बा लामाको पनि आयोजकले खाँदा ओढाएर सम्मान प्रदान गरिएको थियो।

सार्वजनिक भएको बेजोड तीज गीत महारानीको लय तथा शव्द गायक हमालको रहेको छ भने, संचारकमी शितल शर्मा, शिव हमाल र कला लम्सालको गायन रहेको छ। गीतको भिडियोमामा कलात्मक ढंगले सासुको भूमिकामा शितल शर्मा र बुहारीको भूमिकामा कला लम्सालको दमदार अभिनय रहेको छ।

राजु मास्टरले परिचित चर्चित हास्यकलाकार राजु पौडेल र शिब हमालको समेत बेजोडको प्रस्तुति गीतमा हेर्न पाइन्छ।

https://www.youtube.com/watch?v=DzkAMVMN1Zg

प्रकाशन मिति–२०७५ साल साउन ३ गते विहीवार ।