Shiva jee nai chhakka 1काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै गईरहेको छ भने कलाकारहरुलाई तीज सम्बन्धी गीत संगीतहरु सार्वजनिक गर्ने चटारोले छपक्कै छोपेको छ । कतिपय कलाकारहरु गीतको भिडियो सार्वजनिक गर्न व्यस्त छन् भने कोही कलाकारहर विदेशका विभिन्न कार्यक्रमहरुमा हतारिएका छन्।

भिडियो निर्माण गरिरहेका सर्जकहरुले भने कतिपयले यस वर्ष पनि अश्लिल शब्दहरु राखेर नै तीजका गीतहरु सार्वजनिक गरेका छन् भने कतिपयले यसपाली पनि मौलिक तथा राम्रा गीतहरु सार्वजनिक गरेका छन्। यस्तैमा अलि फरक शैलीमा एउटा भिडियो सार्वजनिक भएको छ । नेपाली कला संस्कृति र विशेष गरी नेपाली नारीहरुको पहिरनको हालको शैलीलाई व्यङ्ग्य गरेर रोमाञ्चक शैलीमा बनाईएको शिवजी नि छक्क बोलको उक्त गीतको शब्द तथा संगीत तुलसी बाँस्कोटाको रहेको छ भने गायक तथा संगीतकार ताराबीर पाण्डेको साथमा दिलकुमारी श्रेष्ठले स्वर दिएका छन्।

Shiva jee nai chhakka 2

राजिव शाहले संगीत संयोजन गरेको उक्त गीतको भिडियोको जनकराज अधिकारीले छायाँकन गरेका छन् । तुलसी बाँस्कोटाकै निर्देशन तथा सम्पादन रहेको भिडियोमा लक्ष्मी श्रेष्ठ, रवि कोईराला, विशाल खरेल, काशी तामाङ, राजेश राउत, सुस्मा भण्डारी र मनिष रञ्जन बरालले नृत्य तथा अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी विक्रम मालाकीले गरेका हुन्।

भिडियो हेर्न क्लिक गर्नुहोस् :


https://www.youtube.com/watch?v=wFVfcSIF1kQ

प्रकाशन–२०७४ साल भाद्र ४ गते आइतवार