काठमाडौं। नेपाली समसामयिक आधुनिक संगीतका धरोहर अग्रज संगीतकार एवम् शालिन व्यक्तित्व राजु सिंह सम्मानित बनेका छन्। औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड–२०७६ व्दारा संगीतकार राजु सिंह सम्मानित बनेका हुन्।

संगीतकार सिंहलाई रजत सम्मान प्रदान गरिएको हो। नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालवाट संगीतकार सिंह सम्मानित बनेका हुन्। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजना तथा क्रियटिभ इन्साईट मिडियाको ब्यबस्थापनमा सम्पन्न भएको उक्त अवार्डमा समारोहमा नेपालका पहिलो ड्रमर देव रानालाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

त्यस्तै पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हरिहर विरहीलाई विशेष पत्रकारिता सम्मान तथा कृष्ण भुसाल, सोम शर्मा बजगाईं, किरणप्रसाद अधिकारी र कमला जोशीलाई सम्मान गरिएको थियो । समारोहमा सौन्दर्यविद रश्मिला श्रेष्ठ, सोनी काररंजित, समाजसेवी दिपक थापा, सुनिल बज्राचार्य, छिरीङ डोल्मा शेर्पा, डिबि रानापाल, ढाका उद्योग ब्यबसायी कल्पना लिम्बु योङ्गहाङ, राष्ट्रिय खेलाडी जनक बर्तौला, भेष खड्की, इभेन्ट अर्गानाइजर निशु झा तथा पवन अग्रवाल लगायतका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल भदौं २७ गते शुक्रवार ।