ललितपुर। सफा भए समृद्धि आउंछ भन्ने नाराकासाथ ललितपुरको चक्रपथ तथा मुख्य सडकको सरसफाई अभियानले निरन्तरता पाएको छ। यो अभियानले ६३ औं हप्तामा पनि निरन्तरता पाएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रेमी तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले ६३ औ हप्ताको सफाई अभियानको अगुवाइ गरेर नेतृत्व प्रदान गरेका छन्। वडा अध्यक्ष श्रेष्ठले सफाइले शहरी सुन्दरतामा बृद्धि आएको तथा महानगरका नागरिकहरुमा स्वस्थता बृद्धि भएपछि स्वतः समृद्धि आएको तर्क राख्दै शहरी सफाईको आवश्यकता तथा महत्वलाई माइकिङ गरेर सफाई अभियानलाई ऊर्जा प्रदान गर्ने कार्य भएको छ।

ललितपुर महानगरको इति टोलदेखि पाटन अस्पताल, महालक्ष्मीस्थान हुंदै चक्रपथसम्म सरसफाई कार्यक्रममा हौसला र ऊर्जा दिने कार्य वडा अध्यक्ष श्रेष्ठवाट भएको हो। जसमा ललितपुर महानगरपालिका वडा नंबर ५ का स्थानीय वासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७७ साल मंसीर २६ गते शनिवार ।