काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवस नागरिकवाट राय सुझाव संकलन गरेर शनिवारवाट मनाउन शुरु गरेको छ।

तीनदिनसम्म मनाउने गरेको महानगर दिवस यो बर्ष कोरोनाको महामारीको कारण अघिल्ला बर्षहरुमा जस्तो तामझाम नगरिकन सामान्य ढंगवाट फलदायिक रुपमा मनाउन शुरु गरेको हो। यसक्रममा काठमाडौं महानगरपालिकाका ३१ विभिन्न स्थानहरुवाट नागरिकहरुसंग राय सुझाव संकलन गर्ने कार्य भैरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश ज्ञवालीका अनुसार, सुझाव दिनेहरुलाई काठमाडौं महानगरपालिकाको तर्फवाट १० थान मास्क उपहार दिने कार्य भएको छ।

तीनदिनमा ४० हजार राय सुझाव संकलन गर्ने लक्ष्य राखिएकोमा शनिवार अपरान्ह ३ बजेसम्म ६ हजार राय सुझाव संकलन भैसकेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ट्वीट गरेर भनेका छन्।
प्रकाशन मिति–२०७७ साल मंसीर २६ गते शनिवार ।