काठमाडौं। काठमाडौं महानगरको शिक्षाको विकासमा छलाङ मार्नमा अतुलनीय योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशेष सम्मान गरिएको छ। सरकारी विद्यालयहरुका हेडमास्टरहरुको छाता संगठन विद्यालय व्यवस्थापन समाजले मेयर शाक्यको विशेष सम्मान गरिएको हो।

काठमाडौं महानगरपालिका वडा नंबर १२ टेकु वान डे नारायण स्थान स्थित सरस्वती निकेतन माध्यममिक विद्यालयमा आयोजित भव्य कार्यक्रम वीच विद्यालय व्यवस्थापन समाजका अध्यक्ष एवम् प्रभात माध्यमिक विद्यालयका हेडमास्टर राजेश्वर श्रेष्ठले विशेष सम्मान प्रदान गरेर मेयर शाक्यको योगदानको कदर गरिएको छ।

विशेषत काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुमा नेपालभाषा शिक्षालाई अनिवार्य गरेर त्यसको पाठ्यपुस्तक प्रकाशन गरेर गौरबमय कार्यबापत मेयर शाक्यलाई गौरबमय सम्मान प्रदान गरिएको जनाएको छ। मातृभाषा शिक्षालाई स्थानीय सरकारले गर्नुपर्ने प्रवद्र्धन तथा संरक्षण गर्ने कार्यमा अगुवाइ गर्ने कार्य मेयर शाक्यवाट भएको र जुन अत्यन्त अतुलनीय भएको कुरा उपस्थित सरकारी विद्यालयका हेडसरहरुले दिल खोलेर प्रशंशा गरेको पाइयो ।

त्यसको अलावा काठमाडौं महानगरपालिकाले विद्यालयहरुको भौतिक, वातावरणीय र शैक्षिक सुधारका लागि गरिएको उल्लेखनीय कार्यमा पनि मेयर शाक्यको विशेष योगदान रहेको जनाइएको छ। सम्मान कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको पनि विशेष आतिथ्यता रहेको थियो।

प्रकाशन मिति–२०७८ साल भाद्र ६ गते आइतवार ।