lok-man-singh-karki-in-courtकाठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंंह कार्कीलाई कालोमोसो दल्ने कार्य भएको छ। सर्वोच्च अदालतमा कार्कील आफूविरुद्ध परेको मुद्दाको तारेख बुझ्न पेसी कक्षतर्फ जाँदै गर्दा पछाडिवाट आएका दुई युवाले कालोमोसो दलेर मुक्का प्रहार समेत गरेर भाग्ने प्रयास गरेका थिए।

भाग्नै लाग्दा सर्वोच्च अदालतमा तैनाथ प्रहरीले ती दुवै युवालाई तत्काल पक्राउ गर्न सफलता प्राप्त गरेको थियो। प्रहरीका अनुसार कार्कीलाई कालोमोसो दल्नेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी विद्यार्थी संगठनका केन्द्रिय सदस्यव्द्य प्रकाश शाही र चन्द्रबहादुर बुढा रहेका छन्।

कालोमोसो दलेपछि निक्कै अपमानित बनेका कार्की आक्रोशित पनि बनेका छन्। कार्कीले विहीवार सांझ नै प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचारविरुद्धको कारवाहीलाई सशक्त बनाउन खोज्दा खास दलका नेताहरुले आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका छन्।

भ्रष्टाचार विरुद्धको कारवाहीका क्रममा कसैसंग पनि संझौता नगरेको र देश तथा जनताले मागेको बेला रहस्यको सवै पोका खोलिदिएर नाँगेझार पार्ने चेतावनी पनि कार्कीले दिएका छन्।
प्रकाशन मिति–२०७३ साल पुष ७ गते विहीवार ।