काठमाडौं। अति अशक्त तथा अशक्त अपाङ्गता भएकाहरुलाई मात्र कोरोना विरुद्धको खोप पहिलो प्राथमिकतामा राखेकोमा अव सवै अपाङ्गता भएकाहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष भोजराज श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री शेरवहादुर देउवालाई शुभकामना तथा बधाई ज्ञापन गर्न जाँदा देउवाले सवै अपाङ्गता भएकाहरुलाई पहिलो प्राथमिकतामा दिएको हो।

बधाई तथा शुभकामना दिने क्रममा सवैखाले अपाङ्गता भएकाहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष भोजराज श्रेष्ठले राखेको लगतै प्रधानमन्त्री देउवाले तत्काल संवन्धित निकायमा फोन गरेर पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका थिए।

विहीवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष भोजराज श्रेष्ठको नेतृत्वमा अखिल क्रान्तिकारी अपाङ्ग संगठन,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल,राष्ट्रिय शारिरिक अपाङ्ग महासंघ,नेपाल अपाङ्ग महिला संघ आवद्ध पदाधिकारीहरु प्रधानमन्त्री निवास पुगेर प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका थिए।

प्रकाशन मिति–२०७८ साल साउन ७ गते विहीवार ।