काठमाडौं। नेपाली तथा नेपालभाषा पत्रकारितामा अग्रता कायम गर्दैआएका सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायको जन्मजात पेशा भने अर्कै रहेको छ। त्यो हो–पुरेत्याई ! जुनकुराको खुलासा सशक्त सञ्चारकर्मी विराजकाजीको साख्यै भानिज आकाश राजोपाध्यायले आइतवार फोटो सार्वजनिक गरेपछि खुलासा भएको हो।

विराजकाजीको शुभ–जन्मदिनको अवसरमा आइतवार आकाश राजोपाध्यायले सार्वजनिक गरेको तस्वीरवाट हाइड भैरहेको पेशाको पनि सार्वजनिक भएको हो। पुस्तेनी पुरेत्याई गर्दैआएको खुलासा पनि जन्मदिनकै अवसरमा विराजकाजीले भिजन संसार डटकम मार्फत गरेका छन्।

भिजन संसार डटकमसंगको कुराकानीमा सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायले आफू पत्रकार मात्र नभइकन पुरेत पनि भएको बताएका छन्। पुरेत्याई आफ्नो जन्मजात नै भएको बताउंदै विराजकाजीले आफ्नो परिवारमा पिताजी, दाजु र आफूले यो पेशालाई अपनाउंदै आएको सुनाउंछन्।

पिताजीले फूलटाइमर पेशाको रुपमा अंगाल्दै आएको भएतापनि पिताजीले नभ्याएको स्थानमा दाजु राजीव राजोपाध्याय र आफू गएर गर्दैआएको जानकारी पनि विराजकाजीले दिएका छन्। यस हिसावले पुरेत्याईमा विराजकाजी फूलटाइमर नभइकन पार्टटाइमर हुन्। पार्टटाइमर भएतापनि यो पेशाप्रति अत्यन्त आस्थावान र समर्पित विराजकाजीका जजमानहरु काठमाडौं उपत्यकामा ३ सयभन्दा बढी छन्।

यदाकदा काठमाडौं उपत्यका वाहिर पनि जजमानहरुले वोलाएको बेलामा गएर कर्मकाण्ड लगायतका कार्यहरु गर्ने गरेको पनि विराजकाजीले भनेका छन्। काठमाडौंवाट प्रसारित इमेज टेलिभिजनमा नेपालभाषाको समाचारवाचक तथा भक्तपुर एफएमका कार्यक्रम प्रस्तोता भएर कार्य गर्दैआएका विराजकाजी समाचार डेस्क डटकमका प्रकाशक–सम्पादक पनि हुन्।
प्रकाशन मिति–२०७६ साल असोज ५ गते आइतवार ।