काठमाडौं। काठमाडौं। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैशाख १६ गते विहीवार देखि एक हप्ताको लागि अघोषित लकडाउन घोषणा गरेको छ।

कोरोनाको दोश्रो चरणको महामारीलाई रोक्ने नाममा गरिएको अघोषित लकडाउन आदेशका नाममा बन्द जारी भएपछि प्रतिष्ठित लोकदोहरी गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल ओलीले ट्वीट गरेर कोरोना मानवीय समस्या हो भनेकी छन्।

सरकारले यो दुःखको समयमा आफ्ना सबै कर्तव्य पूरा गर्नुपर्छ भनेर पनि भनेकी छन्। त्यस्तै, हामी जनताले पनि आफू सुरक्षित हुनेकुरामा चुक्नु हुँदैन र यसैबाट मात्रै यो अदृश्य शक्ति कोरोनाबाट मुक्ति प्राप्त हुन सक्छ भनेर सचेत गराउने कार्य पनि गरेकी छन्।

लकडाउन मात्र गर्न जानेको सरकारले नेपाली जनताको लागि आवश्यक राहत प्याकेजको पनि व्यवस्था गर्न र गराउन लगाउनु पर्ने कुरामा घुमाउरो तरीकाले सांसद ओलीले सरकारलाई यो दुःखको समयमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भनेर झकझकाउने कार्य पनि गरेकी छन्।


प्रकाशन मिति–२०७८ साल बैशाख १३ गते सोमवार ।