Rajlal-Yadabकाठमाडौ। आइतवार सिराहा पुगेका एमाओवादीका अध्यक्ष प्रचण्डको विरोध गर्दै नारावाजी तथा कालो झण्डा देखाएको अभियोगमा पूर्वमन्त्री राजलाल यादवसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

फोरमका नेता समेत रहेका पूर्वमन्त्री यादव सहित मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रचण्ड विरुद्ध नाराबाजी लगाएको प्रहरीको भनाई रहेको छ। सिरहा जिल्ला परिषदमा सहभागिता जनाउन सिरहा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई कालो झण्डा देखाउने तथा उनी विरुद्ध नाराबाजी लगाउने कार्यमा पूर्वमन्त्री यादवले नेतृत्व गरेका थिए।

Prachanda 2 nd andolan

नेपालको संविधानमा हस्ताक्षर गर्ने नेता र सांसदहरुलाई अवरोध गर्ने निर्णयअनुसार मोर्चाका कार्यकर्ताहरुले प्रचण्डविरुछ प्रदर्शन गरेको बताइएको छ। प्रचण्ड सिराहा क्षेत्र नंबर ५ वाट दोश्रो संविधानसभा निर्वाचनवाट विजयी बनेका थिए। सिरहाका सांसद समेत भएको हैसियतले प्रचण्ड आइतवार सिराहा पुगेका हुन्।

प्रकाशन मिति–२०७२ साल फागुन ३० गते आइतवार ।