काठमाडौ। हामीले खाने खाना हाम्रो शरीरको परिणाम हो । हामीले खाने खानाले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पारेको हुन्छ । हामी सबै अहिले प्रदूषित वातावरणमा रहने गरेका छौँ, यस्तो अवस्थामा सन्तुलित भोजन हाम्रो शरीरको लागि धेरै नै आवश्यक हुन्छ।

Blood Sugar

अहिलेको हाम्रो जीवनशैलीमा हामीले आफ्नो खानपानमा खासै ध्यान दिन सकिरहेका छैनौँ जसले गर्दा हामीलाई विभिन्न रोगहरुले आक्रमण गर्ने गरेको छ । असन्तुलित खानपानले गर्दा तपाईँलाई लाग्ने रोगहरुमध्ये एक हो मधुमेह । तपाइँ जब आफ्नो नियमित मेडिकल जाँचका लागि डाक्टर कहाँ जानु हुन्छ त्यसबेला तपाईँलाई थाहा हुन्छ, तपाईको रगतमा चिनीको मात्रा बढीसकेको छ।

त्यो भन्दा पहिले तपाईलाई केही थाहा नै हुँदैन । यस्ता अन्य रोगहरु पनि छन् जसलाई साइलेन्ट किलरको नामले जानिन्छ । अर्थात् त्यस्ता रोग जसले शरीरमा आक्रमण गरेको हामीलाई थाहा हुँदैन र त्यसले हामीलाई भित्र–भित्रै झन् रोगी बनाउँदै जान्छ । तर, तपाईले एउटा तथ्यलाई स्विाकार गर्नै पर्छ, कि यी सब रोगहरु तपाईको खानपानको बानीले लाग्ने गर्छ । मधुमेह एक सामान्य तर धेरै नै खतरनाक रोग हो।

मधुमेह एक यस्तो रोग हो जसमा बिरामीको रगतमा ग्लूकोजको मात्रा आवश्यक्ता भन्दा बढी हुन जान्छ । रगतमा ग्लूकोजको मात्रा बढी हुने दुई कारण हुन सक्छ, पहिलो तपाईको शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गरिरहेको छैन दोस्रो तपार्इँको शरीरमा बनिरहेको कोषहरुले इन्सुलिनमा कुनै प्रतिक्रिया दिइरहेको छैन।

इन्सुलिन एक प्रकारको हार्मोन हो जसले तपाईको शरीरमा कार्बोहाइड्रेट र बोसोको मेटाबोलिज्मलाई नियन्त्रण गर्छ । मेटाबोलिज्म भन्नाले त्यो प्रक्रिया हो जसमा शरीरले खाना पचाउने गर्छ, जसले गर्दा शरीरलाई उर्जा प्राप्त हुन्छ र शरीर विकासमा सहयोग पुग्छ । मधुमेहबाट बच्न हामी अनेक उपचार अपनाइरहेका हुन्छौँ। तर, हामीले प्रयोग गर्ने दिनहुँजस्तो सामग्री मध्ये एक अण्डा मधुमेह जस्ता खतरनाक रोगको उपचारमा कतिको लाभदायक हुन्छ भन्ने हामीलाई थाहा नहुन सक्छ।

Boiled Eggअण्डाको प्रयोगले मधुमेहबाट सजिलै बच्न सकिन्छ । कम्तिमा दुईवटा अण्डालाई पानीमा उमाल्ने र उम्लिसकेपछि बोक्रा हटाएर त्यसमा सफा काँटा चम्चाले प्वालहरु बनाइदिनुस् । त्यसपछि अण्डालाई एउटा भाँडोमा राखेर माथिबाट भिनेगर छर्ने र उक्त अण्डालाई रातभरि छोपेर राखिदिनुस अनि भोलिपल्ट बिहान मनतातोपानी सँग खानुस्। केही दिनमै तपाईँको सुगरको मात्रा कम हुन थाल्छ । (हाम्रा डक्टरडटकमको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल फागुन १३ गते शुक्रबार ।