ललितपुर । नेवाः फिल्म सोसाईटीले तीन दिने एडभान्स्ड भिडियोग्राफी कार्यशाला संपन्न गरेको छ। असार १९ देखि २१ गतेसम्म कुमारीपाटी ललितपुरस्थित स्कूल अफ फिल्म मेकिङमा तीन दिने एडभान्स्ड भिडियोग्राफी कार्यशालाको आयोजना गरेको हो।

मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यशालाको समापन गरिएको थियो । उक्त समारोहमा बोल्दै सोसाईटीका अध्यक्ष बिराजकाजी राजोपाध्यायले युवाहरु लक्षित येस्ता कार्यक्रमले युवाहरुलाइ आदिबासी चलचित्र तर्फ आकर्षित गर्दै आफ्नो कला र आदिबासी सृजनामा टेवा पुग्ने बिश्वास व्यक्त गरे।

अध्यक्ष राजोपाध्यायले सोसाइटीले आउँदो श्रावण ६ गते कलाकार भेला कार्यक्रमको आयोजना गर्न लागेको र उक्त भेलाबाट ३ वटा महत्त्वपूर्ण विषयहरुको घोषणा गर्ने जानकारी समेत दिएका छन् । सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा उतार्दै मातृभाषी चलचित्रलाई पनि सक्दो योगदान दिन आग्रह गरे।

३ दिने प्रशिक्षणमा १० जना युवालाई प्रशिक्षक बिशाल राजभण्डारीले भिडियोग्राफीका विविध बिषयमा प्रशिक्षण दिएका थिए। समापन समारोहमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले कार्यशालाका सहभागी साथै प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रकाशन मिति–२०७९ साल असार २३ गते विहीवार ।