King Birendra familyकाठमाडौ। नेपालका अत्यन्त प्यारा स्वर्गवासी राजा बीरेन्द्र शाहको परिवारको सम्पत्ति आर्थिक बर्ष २०७३–०७४ सम्ममा चल सम्पत्ति नगद रु.४० करोड ८८ लाख ७६ हजार रहेको नेपाल ट्रष्टले जनाएको छ। ट्रष्टका अनुसारतत्कालीन राजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, तत्कालीन युवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पत्ति रहेको छ।

King Birendra family.1सेयरतर्फ विभिन्न बैंक तथा संघ–संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ। नबिल बैंक लिमिटेडमा दुई लाख ५७ हजार ६४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता र इन्ड्रस्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० कित्ता रहेको छ। 

ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६२६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ। ट्रष्टले तत्कालीन राजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेलापारेको जनाएको छ ।

प्रकाशन मिति–२०७३ साल माघ ८ गते शनिवार ।