काठमाडौं। अमर नायक श्रीकृष्ण श्रेष्ठको जीवन संगीनी नायिका स्वेता खड्काको सोच तथा विचारमा सुन्दर अनुहार पनि एकदिन बुढो नै भैहाल्छ। ताकतवर शरीर पनि एकदिन ढलिहाल्छ। ओहदा र पद पनि एकदिन सकिहाल्छ। तर एक असल मान्छे सधैं असल मान्छे नै रहन्छ।

उक्त असल मान्छेलाई कालान्तरसम्म पनि सवैले सम्झने र उनको असल कार्यको प्रशंशा गर्ने गर्दछन्। मानिस भएपछि जहिलेपनि असल मान्छे बन्ने प्रयास गर्नुपर्ने अवधारणाकी नायिका खड्का आफूले असल कार्य गरेर असल मान्छे बन्ने कार्यमा हरदम प्रयत्नशील रहेको बताएकी छन्।

अमर नायक श्रीकृष्ण श्रेष्ठको अल्पायुमा नै दुःखद निधन भएपछि केही बर्ष विछिप्त बनेकी नायिका खड्का श्रीमानको असल कार्य तथा असल व्यवहारलाई अवलम्वन गरेर सोही मार्गमा अनवरत हिंडिरहेकी छन्। महाभूकम्पले ध्वंस्त बनाएको माझी बस्ती बनाउने कार्यमा उल्लेखनिय योगदान दिएकी नायिका खड्का असल कार्यमा नै लम्किरहेकी छन्।


प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।