Dr. Baburam Bhattarai-Former Prime Minister of Nepal
Dr. Baburam Bhattarai-Former Prime Minister of Nepal

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई चीनको विशेष आर्थिक क्षेत्र हङकङको अध्यागमन विभागले शनिबार पक्राउ गरि डेढ घन्टासम्म हिरासतमा लिएको छ।

चीनको सेन्झेनबाट हङकङ हुँदै नेपाल फर्कने क्रममा साधरण भिषामा रहेका भट्टराइलाई अध्यागमनले शनिबार दिउँसो स्थानीय समय अनुसार एक बजे हिरासतमा लिएको हो। आफु हङकङ अध्यागमनको हिरासतमा परेको पुष्टि बाबुराम स्वयमले सामाजिक सञ्जाल फेसबुक मार्फत गरेका छन्।

Dr.Baburam Bhattarai with his wife Hisila Yami in travelling by train at Hongkong.
Dr.Baburam Bhattarai with his wife Hisila Yami in travelling by train at Hongkong.

बाबुराम चीन सरकार निकट संस्थाको औपचारिक निम्तो मान्दै दुईओटा अन्तरारष्ट्रियस्तरका सेमिनारमा भाग लिएर फर्किरहेका थिए। उनी चीनको महत्वकाङक्षी सिल्करोड परियोजनामा पूर्ण समर्थनसहितको मन्तव्य दिएर नेपाल फर्कने क्रममा हङकङ अध्यागमनको हिरासतमा परेका हुन्।

करिब डेढ घण्टासम्म हिरासतमा बसेपछि आफुहरुसँग माफी माग्दै छाडिएको बाबुरामको दावी छ। हङकङमा अवैधरुपमा बसेर नेपालीहरुले शरणार्थी हुनखोजेपछि हरियो पासपोर्ट बाहक नेपालीलाई भिषा दिन कडाइ गरिएको छ। बाबुरामले चीनको विशेष आर्थिक क्षेत्र हङकङमा आफ्नो अपमान गरिएपछि यसबारेमा चीन सरकारसँगै कुरा उठाउने दावी गरेका छन्।

Dr. Baburam Bhattarai with his wife Hisila Yami in Hongkong.
Dr. Baburam Bhattarai with his wife Hisila Yami in Hongkong.

प्रकाशन मिति–२०७३ साल कात्तिक १३ गते शनिवार ।