काठमाडौ। अमेरिकामा अमेरिकी राष्ट्रपति बन्ने दौडमा रहेकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन यतिखेर निक्कै चर्चामा रहेकी छन्। प्रतिव्दन्दी डोनाल्ड ट्रम्पभन्दा अग्रपंक्तीमा देखिएकी हिलारी क्लिन्टनको जन्म अक्टोबर २६, सन् १९४७ मा शिकागोमा भएको हो।

hillary-clinton

पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टन अमेरिकाका लागि सिनेटर समेत रही सकेकी छन् भने पछिल्लो समय ओबामा प्रशासनमा विदेशमन्त्री समेत रहीसकेकी छन्। सन् १९६२ अप्रिल १५ मा शिकागोमा काला जातिको समान अधिकारका लागि प्रख्यात नेता मार्टिन लुथर किङले आफ्नो भाषण लगत्तै गोरा जातिकी हिलारीसँग हात मिलाउँदा हिलारी निकै नै चर्चित बनेकी थिईन्।

त्यतिबेला उनको उमेर १५ बर्षको मात्रै थियो। अमेरिकाको राजनीतिमा शुरुवाती दिनमा रिपब्लिकन पार्टीप्रति झुकाव राखेकी उनले सन् १९६४ मा भएको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार बैरी गोल्डवाटरका लागि चुनावी प्रचार प्रसार गरेकी थिइन्। सोही समयमा पढाइको सिलसिलामा बिल क्लिन्टनसँग उनको भेट भयो। उनी बिल क्लिन्टनसँग सन् १९७५ सालमा विवाह बन्धनमा बाँधिइन् भने बिल क्लिन्टनसँग मिलेर डेमोक्रेटिक पार्टीका प्रत्यासी मैक्गवर्नको पक्षमा चुनावी प्रचार प्रसार गरेकी थिइन्।

सन् १९९२ मा बिल क्लिन्टन अमेरिकाका राष्ट्रपति बनेपछि हिलारी फर्स्ट लेडी बनेकी थिइन्। बिल क्लिन्टनको कार्यकाल समाप्त भएपछि हिलारी अमेरिकाका लागि दुईपटक न्यूयोर्क राज्यको सिनेटर बनेकी थिइन्। सिनेटरको कार्यकाल सकिने बित्त्तिकै अमेरिकी राष्ट्रपति बाराक ओबामाको नितीप्रति मोहित भएकी उनलाई ओबामा प्रशासनले विदेशमन्त्री पदको जिम्मेवारी दिएको थियो। उनी विदेश मन्त्री रहँदा सन् २०१२ को अक्टोबरमा लिबियाको बेनगाजी शहरमा भएको आतंवादी हमलाका कारण निकै आलोचना भएको थियो। जसका कारण उनले विदेशमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। –एजेन्सीको सहयोगमा
प्रकाशन मिति–२०७३ साल कात्तिक १३ गते शनिवार ।