mohit-bansh-acharya-ingagement-1काठमाडौ। चर्चित लोकप्रिय हाँस्य कलाकार हरिवंश आचार्यको कान्छो सुपुत्र मोहितबंश आचार्यको बडा दशैंको घटस्थापनाको दिन शनिवार इन्गेजमेन्ट भएको छ। धुलिखेलको मेराबल रिसोर्टमा आयोजित इनगेजमेन्ट कार्यक्रममा मोहितबंश आचार्यले विन्दु थापाको हातमा रिङ्ग लगाइदिएका थिए।

mohit-bansh-acharya-ingagement-4

लामो समयदेखि प्रेममा रहेका मोहित र विन्दुको परिवारको सहमतिमा नै इन्गेजमेन्ट गरिएको बुझिएको छ। इन्गेजमेन्टमा हरिवंश आचार्यको परिवारको अलावा मदनकृष्ण श्रेष्ठ अलावा मह परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो।

विहे र विहेको भोज खान भने मंसीर महिना नै कुर्नुपर्ने बताइएको छ। अघिल्लो बर्ष मात्र हरिवंश आचार्यले जेठो छोरो त्रिलोकबंश आचार्यको अमेरिकामा नै विवाह भएको थियो।

mohit-bansh-acharya-ingagement-2 mohit-bansh-acharya-ingagement-5 mohit-bansh-acharya-ingagement-3प्रकाशन मिति–२०७३ साल असोज १५ गते शनिवार ।