काठमाडौ। नेपालका चर्चित बरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यको शव्द तथा स्वर रहेको चलचित्र जात्राको पैसा वोलको गीत सार्वजनिक भएको छ। यही कात्तिक २६ गतेवाट रिलिज हुन गैरहेको चलचित्र जात्राको यस गीतले चलचित्र जात्रालाई थप चर्चा दिने निश्चित भएको छ।

haribansh-acharya-in-jatra-1चलचित्रको कथावस्तुसंग मेल खाने गीतमा पैसाको महत्व र यसको आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ। हरिबंश आचार्यको यस गीतले चलचित्रलाई थप आकर्षक बनाउन अत्यन्त सहयोग गरेको चलचित्र जात्राका निर्माता तथा अभिनेता रविन्द्रसिंह बाँनियाको ठहर रहेको छ।

मह सञ्चारमा विगत १२ बर्षदेखि निरन्तर कार्यरत निर्देशक प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्र जात्रामा गीत गाउन पाउंदा हरिबंश आचार्य दंग परेका छन्। आचार्यले गीत गाउन थुप्रै कठिनाइ भएतापनि गीत कथाको मेरुदण्ड नै हुन पुगेकोमा निक्कै गौरव लागेको बताएका छन्। आचार्यका साथमा गायिका शशी रावलको स्वर समेत रहेको छ भने, यस गीतमा रोशन थापाले संगीत भरेका छन्।

प्रकाशन मिति–२०७३ साल कात्तिक १० गते बुधवार ।