काठमाडौं। नेपालभाषा तथा नेपाली भाषामा गीत गाउंदैआएकी अग्रज गायिका हसना शाक्यको नयाँ नेपालभाषाको गीतको भिडियो रिलिज भएको छ। गायिका शाक्यको गीतको वोल नै सफा कागजमा तिम्रो लागि गीत लेखे रहेको छ।

नेपालभाषामा यो गीतको बोल “यचुगु भ्वँतय् म्ये च्वया छन्त” रहेको छ। सुमन चित्रकारको शव्द तथा सुमन कपालीको संगीत रहेको यस गीतको भिडियोमा नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी तथा सुपरस्टार नायक रुपेन्द्र श्रेष्ठको बेजोड अभिनय रहेको छ।

यस गीतको भिडियोमा डबल रोलमा रहेका नायक श्रेष्ठको प्रेममा चुर्लुम्मै डुबेकी नायिका खड्गीको भूलभूलैया तथा हैरानीलाई मिठो तरीकाले भिडियोमा प्रस्तुत गर्ने कार्य निर्देशक प्रदीप खड्गीवाट भएको छ।

प्रकाशन मिति–२०७७ कात्तिक ३० गते आइतवार ।