mananga-1काठमाडौ। नेपालमा केही दिनयता चिसो निक्कै बढ्न थालेको छ। काठमाडौलाई चिसोले गलाउन थालेको बर्तमान समयमा हिमालपारिको जिल्ला भनेर चिनिएको मनाङ्गमा अत्यन्त चिसो बढ्ेको त्यहाँवाट प्राप्त समाचारमा उल्लेख रहेको छ।

mananga-2यतिखेर मनाङ्गको तापक्रम माइनस ७ डिग्रीसम्म झर्न थालेको छ। मनाङ्ग चिसो निक्कै बढ्न थालेपछि त्यहाँको जनजीवन निक्कै कष्टप्रद बन्न थालेको मनाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी गञ्जवहादुर एमसीले भनेका छन्। चिसोको कारण त्यहाँको दैनिक कार्य सम्पादन गर्न पनि स्थानियलाई कठिनाइ पर्न थालेको छ।

mananga-3सदरमुकाम चामेमा तापक्रम माइनसमा १ देखि २ डिग्रीसम्म झर्ने गरेको छ। मनाङ्गमा चिसोका कारण सवै विद्यालय बन्द भएका छन्। चिसोका कारण मनाङ्ग पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पनि समस्या परेको छ। जसले गर्दा पर्यटकहरुको आगमनमा असर पर्न थालेको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर ५ गते आइतवार ।