Mr.Suraj Shrestha as well known Baku Fusulu & Suraj Patane.
Mr.Suraj Shrestha as well known Baku Fusulu & Suraj Patane.

काठमाडौ। नेपालभाषाका चलचित्रमा एकजना पात्र अत्यन्त चर्चामा आएका छन्। त्यो पात्रको नामै बकुं फुसलु हो। त्यो बकुं फुसलु पात्र हेर्दैमा मज्जाको अनि रमाइलो पनि छ। अझ कतिपय चलचित्रमा डरलाग्दो पनि देखिन्छ। अभिनयको लागि नै जन्मेको कलाकारका रुपमा बकुं फुसलु पात्रलाई लिइने गरेको छ।

Suraj Patane 3चलचित्रका यी बकुं फुसलुको बास्तविक नाम सुरज श्रेष्ठ हो। ललितपुर पाटनका भएकाले सुरज श्रेष्ठलाई कतिपयले सुरज पाटने पनि भन्ने गरिन्छ। यिनै बकुं फुसलु सुरज पाटनेको अभिनय यात्राले पनि दुई दशक पार गरिसकेको अवस्था रहेको छ।

Suraj Patane 6

यस अवधिमा नेपाली तथा नेपालभाषी दर्जनौ–दर्जन चलचित्र तथा टेलिफिल्म खेलेरे सुरज पाटनेले बेग्लै इमेज राखिसकेका छन्। यतिखेर नेपालभाषाको पछिल्लो चलचित्र लिबाय धुंकामा पनि गजबको क्यारेक्टरमा अभिनय गरेको छन्। यस चलचित्रको लेखन तथा निर्देशन राजेशमान सिंहले गरेका छन्।

Suraj Patane 7बकुं फुसलु सुरज पाटने रंगमंचका पनि अब्बल दर्जाका कलाकार हुन्। दर्जनौ रंगमञ्चका नाटकमा पनि अभिनय गरेर तहल्का मच्चाइसकेका छन्।

Suraj Patane 2Suraj Patane 1प्रकाशन मिति–२०७४ साल कात्तिक ६ गते सोमवार ।