• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
होमस्टेमा पर्यटकको बढ्दो आकर्षण

होमस्टेमा पर्यटकको बढ्दो आकर्षण

8 March 2017
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

होमस्टेमा पर्यटकको बढ्दो आकर्षण

by Shyam Smrit
8 March 2017
in Social
0
होमस्टेमा पर्यटकको बढ्दो आकर्षण
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

बेसीशहर। लमजुङ्ग जिल्लामा दर्जनौ स्थानमा होमस्टे सञ्चालन भएको छ। होटलभन्दा यसतर्फ पर्यटक आकर्षित हुन थालेका छन्।

ghale gau 1

पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्ने धेरै पाइएको छ। न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो।

राससका अनुसार, प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् । अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकका लागि प्रवेशद्वारको रुपमा रहेको लमजुङमा आन्तरिक र बाह्य पर्यटक समान रुपमा आउने गरेका छन्।

ghale gau 3

जिल्लामा भित्रिएकामध्ये हजारौ पर्यटक होमस्टेको मज्जा लिनकै लागि लमजुङ आउने गरेका छन् । जिल्लाका सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा रहेका सुविधा सम्पन्न होटलबाट आधुनिक सेवा सुविधा प्राप्त हुने भए पनि होमस्टेबाट परम्परागत सुविधा पाउने भएकाले अधिकांश पर्यटकले होमस्टेलाई नै गन्तव्य बनाउँदै आएका छन्।

लमजुङका घलेगाउँ, गाउँसहर काउलेपानी, घनपोखरा, नरुवाल, भुजङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुर, गहते, हिलेटक्सार, राइनास, ताघ्रिङको छापा, मिप्रा, सिंदुरे, पुरानकोटलगायतका एक दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालित छन्।

ghale gau 2

घलेगाउँ तथा भुजुङमा मात्रै वार्षिक ४० हजारभन्दा बढी पर्यटक पुग्ने गरेको बताइन्छ। यातायात सुविधा भएपछि पर्यटक सदरमुकाम बास नवसी सिधै घलेगाउँ पुग्ने गरेका छन् ।

सदरमुकाम बेसीसहरबाट करिब तीन घन्टामा घलेगाउँ पुग्न सकिन्छ।
गाउँमा मोटर पुगेपछि आन्तरिक पर्यटक थप आकर्षित भएको हो। घलेगाउँ पुगेका पर्यटक घनपोखरा, एक गाउँ एक गाविस भनेर चिनिने भुजुङसम्म पुग्ने गरेका छन् । सदरमुकामबाट १० किलोमिटरको दूरीमा रहेको गाउँसहरको काउलेपानी पछिल्लो समय पर्यटकको विशेष रोजाइमा परेको छ।

सदरमुकामबाट मोटरमा एक घन्टा र पैदल दुई घन्टामा काउलेपानी पुग्न सकिने भएकाले प्रायः पर्यटक सदरमुकामका होटल छोडेर होमस्टे पुग्दछन् । घलेले राज्य गरेको यो ठाउँमा शाहकालीन राजा कुलमण्डनका माहिला छोरा कालु शाहले राजकाज चलाएको दरबार पनि छ ।

ghale gau 4

नेपालको राजनीतिक इतिहासका शाहवंशीय राजाको दरबार, रानीकुवा, कालिका भगवतीको मन्दिरलगायतका ऐतिहासिक कुरा विशेषगरी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने गरेको काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देव गुरुङ्गले बताएका छन्।

गुरुङका अनुसार काउलेपानीभन्दा केहीमाथि पुरानकोट गढीबाट एकैपटक फिस्टेल हिमाल, अन्नपूर्ण, लमजुङ पहिलो, दोस्रो र तेस्रो हिमाल, मनास्लुलगायतका एकदर्जन हिमाल नजिकबाट अवलोकन गर्न पाइने भएकाले बाह्य पर्यटक बढी मात्रामा आकर्षित हुने गरेका छन् ।

सदरमुकाम बेसीसहरबाट एक घन्टामा पुग्न सकिने खासुर पनि पर्यटकको रोजाइमा पर्दछ । गुरुङ समुदायको बाहुल्यता रहेको खासुरमा प्राकृतिक सुन्दरता, स्थानीय संस्कृतिसँगै कन्याले सञ्चालन गरेको सामुदायिक खाजाघर विशेष आकर्षणको छ। खासुरमा ३७ अविवाहित नारीको सक्रियतामा सामुदायिक खाजा घर सञ्चालन गरिएको छ।

गाउँमा आएका पाहुनालाई सोही सामुदायिक खाजाघरमा लगेर नाचगानसहित स्वागत गरिन्छ । अन्य कामका सिलसिलामा बेसीसहरसम्म आउने पनि होमस्टे अनुभवका लागि खासुर पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्ग नजिकै पर्ने ताघ्रिङको छापामा पनि होमस्टे अनुभवको लागि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्।

पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटक होटलको बसाई छोडेर होमस्टे अनुभवको लागि गाउँ पस्ने गर्दछन् । पछिल्लो समय लमजुङका होमस्टेले देश विदेशमा चर्चा पाउन थालेपछि अन्नपूर्ण पदमार्गमा आएका पर्यटक दिन लम्ब्याएर होमस्टे आउने गरेको सिउरुङ होमस्टेका सचिव उमरबहादुर गुरुङ भन्छन्।
प्रकाशन मिति–२०७३ साल फागुन २५ गते बुधवार ।

Tags: लमजुङ्गमा होटल होइनहोमस्टेमा पर्यटकको बढ्दो आकर्षण
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In