काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमण प्रारम्भ भएको छ। १८ बर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो। यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले वि.सं.२०५५ साल जेठ १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए।

indian-presedent-pranab-mukharjees-nepal-visit-1

नेपाल आएका भारतीय राष्ट्रपति मुखर्जी र नेपालकी राष्ट्रपति भण्डारी वीच नेपालको राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएको छ। बुधवार नै राष्ट्रपति मुखर्जीको सम्मानमा नेपालकी राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गरेकी छन्।भारतीय राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्ने छन् भने त्यसपछि काठमाडौँ विश्वविद्यालयले मुखर्जीलाई मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रम छ।

बिहीबार नै भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन हुनेछ भने नेपाल-भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई मुखर्जीले सम्बोधन गर्नेछन्। शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने मुखजी पोखरा जानेछन्। शुक्रबार नै मुखर्जी स्वदेश फर्कने कार्यक्रम छ। मुखर्जी नेपाललाई नजिकबाट चिन्ने भारतीय राजनीतिज्ञ हुन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक १७ गते बुधवार । नेपाल संवत ११३७ कछला तृतिया ।