काठमाडौ। २१औं संस्करणको विश्वकप फुटबलको पहिलो गोल रसियाले गरेको छ। आयोजक मुलुक रसियाको राजधानी मस्कोमा जारी विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गरेको हो।

रसियाका लागि युरी ग्याजिन्सकीले पहिलो गोल गरेका हुन्।
उनले एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाएका हुन्। खेलको ४३औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।

साउदीले पहिलो हाफमा पाएका केही राम्रो मौकालाई सदुपयोग गर्न सकेन। पहिलो हाफमा रसियाले ५ वटा पोल एटम गरेको थियो भने साउदीले ४ वटा प्रहार पोष्टमा गरेको थियो।

साउदीले प्रहार गरेको तीन वटा प्रहारलाई रसियाली गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए। उता रसियाका २ प्रहार साउदी रक्षकले बचाएका थिए। पहिलो हाफमा ३ वटा कर्नर रसियाले पाएको थियो भनेर २ वटा कर्नर साउदीले पाएको थियो।
प्रकाशन मिति–२०७५ साल जेठ ३१ गते विहीवार ।