काठमाडौ। विश्वमा सवैले उत्साहजनक रुपमा हेरिदैआएको २१ औं फिफ विश्वकप फुटबल प्रतियोगिताको भव्य समारोहवीच उदघाटन भएको छ।

आयोजक रूसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा नेपाली समय अनुसार विहीवार राति ८ः४५ बजो भव्य रुपमा उदघाटन भएको हो। भव्य सांगीतिक प्रस्तुतिका साथमा विश्वकपको बृहत रुपमा उदघाटन भएको हो।

उदघाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, सहितका विश्वभरका उच्च पदस्थ पदाधिकारीको सहभागिता रहेको थियो। समारोहमा पप आइकनका रुपमा प्रसिद्धि कमाएका गायक रोबी विलियम्सले विशेष प्रस्तुति दिएका थिए।

उदघाटन समारोहको रौनकताको लगतै आयोजक राष्ट्र रुस र साउदी अरेबिया वीच रोमान्चक खेल भएको छ।

प्रकाशन मिति–२०७५ साल जेठ ३१ गते विहीवार ।