Nirwachan Ayog

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवार मनोनयन दर्ता व्यापक जनसहभागितामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणअन्तर्गत मंसिर १० मा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ८ सय ७ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये प्रतिनिधिसभातर्फ ३ सय २३ र प्रदेशसभातर्फ ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारविरुद्ध पर्ने उजुरीमाथि कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने समय सकिएपछि निर्वाचन चिह्न दिइने भएको छ।। पहिलो चरणको निर्वाचनअन्तर्गत ३२ जिल्लाका ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक ६ गते सोमवार ।