काठमाडौं। रसलाईट मिडियाकी रमिता भण्डारी र राष्ट्रिय मोडलिङ संघ नेपाल दिनेश शाहीको संयुक्त आयोजनामा च्यारिटी “फेशन नाइट २०१९” सम्पन्न भएको छ।  नेपालको मधेशमा बाढीपहिरोमा परेका नेपालीहरुको लागि उक्त च्यारिटी नाइट संपन्न भएको हो।

च्यारिटी नाइटमा फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धर शो स्टाटर्र्स रहेको उक्त फेसन सोमा जोजोलोपा कलेक्सनबाट डिजाइनर प्रतिमा महर्जन, जय प्रकृती सिकाइ प्रशिक्षण हेटौडाकी डिजाइनर मेनुका श्रेष्ठ , डिजाइनर सरला श्रेष्ठ एव डिजाइनर अनिता खत्री क्षेत्रिको आकर्षक डिजाइनमा महिला एव पुरुष गरेर ३० जना मोडलहरु स्टेजमा उत्रेर आकर्षक क्याटवाक गरेका थिए।

यसै कार्यक्रममा आयोजक राष्ट्रिय मोडलिङ संघ व्दारा “जयन सुब्बा मानन्धरलाई “नेपाल आमा रत्न सम्मान” प्रदान गरिएको हो। त्यसको अलावा नेपालको कलाकर्मी, उद्योगी र राष्ट्रसेवकलाई समेत अभिनन्दन गरिएको थियो। च्यारिटी कार्यक्रममा युवानेता क्षितिज भण्डारी, अनन्त श्रेष्ठ, सच्चिन्द्रमोहन राउतले लाखौंको कम्बल, त्रिपाल र औषधिजन्य सहयोग हस्तान्तरण गरेका थिए।


प्रकाशन मिति–२०७६ साल साउन ५ गते आइतवार ।