न्यूयोर्क। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणको कारण विश्वभर रहेका नेपालीहरुलाई पनि प्रभावित पारेको छ। अमेरिकामा रहेका नेपालीहरु पनि कोरोनाभाइरसका कारण अछुतो हुन सकेका छैनन्।

यद्यपि,अमेरिकामा कोरोनाभाइरसका कारण नेपालीहरुलाई भयावह पारेको तथा भोकभोकै परेको जस्ता खवरले नेपालीहरुलाई त्रसित पारिरहेको छ। जुन कुरा सत्य नभएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई बताएका छन्।

केन्द्रिय अध्यक्ष लामाले अमेरिकामा रहेका आफन्त तथा नातागोताको वारेमा नेपालमा नेपालीहरुले धेरै नै चिन्ता गरिरहेको पाइएको र त्यस्तो चिन्ता नगर्न तथा नेपालीहरुलाई हालसम्म अमेरिकामा कहीकतै समस्या नपरेको खवर भएको बताएका छन्।

यदि त्यस्तो समस्या भएको अवस्थामा नेपाली संघसंस्थाहरुले अहोरात्र सहयोग गर्ने कार्य गरिरहेको जानकारी पनि लामाले दिएका छन्। नेपालमा रहेका नेपाली आफन्त नातागोता तथा आमाबुवाहरुलाई चिन्ता नलिन लामाको आग्रह रहेको छ।

केन्द्रिय अध्यक्ष लामाका अनुसार, अमेरिकाको न्यूयोर्क, भर्जिनिया, क्यालिफोर्निया लगायतका कोरोनाभाइरसको संक्रमण बढी भएको स्थानमा नेपालीहरुले धेरै नै सतर्कता अपनाएको र अनुशासित बनेर सेल्फक्वारेन्टाइन लगायत सेल्फ लकडाउनलाई पालना गर्दैअगाडि बढिरहेका छन्।

यो अवस्थामा कतिपय आपत परेका नेपालीहरुलाई जाति, धर्म, राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने र उनीहरुको सुख–दुःखमा सरिक रहने महान अभियानमा लागेको हामी नेपाली ग्लोबल आवद्ध सदस्य तथा च्याप्टरहरुले ठाउँ–ठाउँमा सहयोग गर्दैआएको जानकारी पनि केन्द्रिय अध्यक्ष लामाले बताएका छन्।

यस महान जनसेवाको कार्यमा जनसंपर्क यूएसए, न्यूयोर्क च्याप्टर, एनआरएनए लगायतका संस्थाहरु पनि अहोरात्र लागिरहेको जनाइएको छ। बर्तमान विषम परिस्थितिमा अनाहक हल्ला गरेर नेपालीहरुलाई त्रसित बनाउने कार्य कसैले पनि गर्न नहुने तथा कसैलाई विपद नै परेको भएमा आफूहरु आवद्ध रहेको नेपाली संस्थाहरुले सक्दो सहयोग गरिरहेको र अमेरिकी सरकार अनि अमेरिकी राज्यले पनि सहयोग गर्दैआएको अवस्थामा अमेरिकामा नेपालीहरुले आतिनुपर्ने अवस्था नरहेको पनि हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाको भनाई छ।

यदि यो विषम परिस्थितिमा कुनै नेपालीहरुलाई विपद परेमा हामी नेपाली ग्लोबलका अमेरिका स्थित निम्न व्यक्ति विशेषलाई संपर्क गरेर सहयोग लिन सकिने बताइएको छ।


१.पिताम्वर अधिकारी (कनेक्टिक, न्यूयोर्क)- 8605432738
२.घनश्याम खड्का (कनेक्टिक, न्यूयोर्क)-8606556602
३.गणेश अर्याल – 8608050030
४.छिरिङ तेन्जेन (न्यूयोर्क)- 3479936674
५.रामचन्द्र भट्ट (टेक्सास)- 8328169187
६.रमेश एमके पौडेल (टेक्सास)-6825212986
७.सुनिता खत्री (भर्जिनिया) -7037273067
८.विन्दु सापकोटा (क्यालिफोर्निया)- 4087845051
९.भुवन पौडेल – 8183954501
१०.अर्जुन देवकोटा -8609134837

प्रकाशन मिति–२०७६ साल चैत २९ गते शनिवार ।