काठमाडौं। नेपालमा जारी लकडाउनको बर्तमान विषम परिस्थितिमा ताजा अर्गानिक तरकारी अनवरत उपलव्ध गराउने कार्य भैरहेको छ। यस कार्यमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा सामाजिक अभियन्ता जयकला बस्नेतको अगुवाईमा भैरहेको हो।

जयकला बस्नेत अध्यक्ष रहेको मनमुरी कृषि सहकारी संस्था मार्फत मनमुरी कृषि बजार नै गोठाटारमा संचालन गरिएको छ। जहाँवाट मनमुरी कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुव्दारा उत्पादन गरेका ताजा तरकारी तथा फलफूललाई उपलव्ध हुने गरेको जानकारी जयकला बस्नेतले भिजन संसार डटकमलाई बताएकी छन्।

सहुलियत सस्तो दरमा ताजा अर्गानिक तरकारी तथा फलफूल सहज र सरल ढंगवाट मनमुरी कृषि सहकारी बजारवाट उपलव्ध गराउंदै आएको पनि अध्यक्ष बस्नेतले भनेकी छन्। हरिया ताजा तरकारी तथा फलफूल होलसेल रेटमा खुद्राव्यापारीहरुलाई पनि उपलव्ध गराउने कार्यको शुरुवात पनि मनमुरी कृषि सहकारीवाट भएको छ।

यस कार्यको व्यवस्थापन मनमुरीकै सदस्य मछिन्द्र इङनाम लिम्बुले लिएको जानकारी पनि अध्यक्ष बस्नेतले दिएकी छन्। लकडाउनको यो बर्तमान विषम परिस्थितिमा खुद्रा व्यापारीहरुले डाइरेक्ट व्यवस्थापक इङनामजीको मोबाइल नंबर 9823857789 मा संपर्क गर्न सकिने भनिएको छ। Contact to-9841098204(Jaya Kala Basnet_Chairman of Manmuri Krishi Sahakari)


प्रकाशन मिति–२०७७ साल बैशाख १२ गते शुक्रवार ।