काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रमा शास्त्रिय संगीतको अनुपम नृत्य भरत नाट्यमको २१ दिने गौरबमय प्रशिक्षण संपन्न भएको छ।

बनारस विश्वविद्यालयवाट भरत नाट्यममा डिग्री गर्दैगरेका गोल्ड मेडलिष्ट नृत्य निर्देशक स्वजन रघुबंशीको सिद्धहस्त प्रशिक्षणमा भरत नाट्यमको २१ दिने गौरबमय प्रशिक्षण संपन्न भएको हो।

६ जना नृत्यका विद्यार्थीहरुलाई भरत नाट्यममा छोटो अवधिमा कुशलतापूर्वक प्रशिक्षण दिने गजबको कार्य स्वजन रघुबंशीवाट भएको नृत्य निर्देशक संघका केन्द्रिय अध्यक्ष तथा साधना कला केन्द्रका अग्रज नृत्य निर्देशक भुवन श्रेष्ठले शनिवार आयोजित समापन समारोहमा वताएका छन्।

शास्त्रीय संगीतको तालमा नाचिने कठिन नृत्य मध्येको कठिन नृत्य भरत नाट्यममा सहजतापूर्वक नृत्यका ६ जना विद्यार्थीहरुले अनुपम प्रस्तुतिले स्वजन रघुबंशीको खुवीलाई प्रमाणित गरेको नृत्य निर्देशक श्रेष्ठको ठहर रहेको छ।

साधना कला केन्द्रका संस्थापक निर्देशक तथा अग्रज संगीतकार मिलन मोक्तानले भरत नाट्यमको २१ दिने प्रशिक्षणवाट नेपालमा यति धेरै राम्रा भरत नाट्यमका विद्यार्थी जन्माउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने कार्य भएको वताएका छन्।

भरत नाट्यम सिक्न अव भारतको कुनै विश्वविद्यालय जानु नपर्ने अवस्था आएको र साधना कला केन्द्रमा भुवन श्रेष्ठदेखि स्वजन रघुबंशीसम्मले मज्जाले प्रशिक्षण दिने कार्यभएवाट थप उपलव्धीमूलक गौरबता मिलेको जिकिर गरेका छन्।

संस्थापक निर्देशक मोक्तान यसप्रकारका नृत्य तथा संगीतलाई साधना कला केन्द्रले प्रशिक्षणमा अग्रता प्रदान गर्दैजाने भन्छन्। साधना कला केन्द्र स्थापनाको ३१ बर्ष पुग्दा अनेक उतारचढाव माझ गौरबमय सफलताहरु हासिल गर्दै नेपालकै नंबर वान नृत्य तथा संगीतको विद्यालय बन्न साधना कला केन्द्र सफल भएको छ।

प्रकाशन मिति–२०७७ साल साउन २४ गते शनिवार ।