काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ क्षेत्रमा ११ जनामा कोरोना संक्रमण देखिएपछि शनिवारवाट सिल गरिएको हाँडीगाउँ कोटालटोल एक हप्ताको लागि सिल गरिएको छ। वडा अध्यक्ष रमेश डंगोलको अध्यक्षतामा रहेको ५ नंबर वडा कार्यालयको कोभिड–१९ सम्बन्धी समितिको आइतवारको विशेष बैठकवाट उक्त निर्णय गरेको हो।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नंवर ५ का लोकप्रिय वडा अध्यक्ष रमेश डंगोलले वताएका छन् । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु रहेको पनि वडा अध्यक्ष डंगोलको भनाई छ।

वडा अध्यक्ष डंगोलले भिजन संसार डटकमलाई दिएको जानकारी अनुसार,
त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो। उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको थियो।

सवै गरेर ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोटाल टोललाई सिल गरेर सुरक्षा प्रदान गरिएको जानकारी वडा अध्यक्ष डंगोलले भनेका छन्। सिल गरिएको कोटाल टोलका पसल तथा व्यवसायलाई बन्द गरिएको छ। बाँसको कठघरा राखेर आवत–जावतमा प्रतिवन्ध लगाएको छ। सिलमा परेका ३९ घरका परिवारलाई घरैमा बस्न वडाले अनुरोध गरेको छ।

यद्यपि, ती परिवारका सदस्यहरु मध्ये केही मोटरसाइकल तथा स्कुटरवाट आतेजाते गर्ने गरेको देखिएको छ। जनता आफै कोरोनावाट सचेत नभएसम्म वडाले मात्र कडाई गरेर नहुने वडा अध्यक्ष डंगोलको भनाई छ। जनता आफै कोरोनावाट सचेत भएमा संक्रमण बृद्धि नहुने र चाँडै निराकरण हुने ठहर पनि वडा अध्यक्ष डंगोलको रहेको छ।

वडा सरकार प्रमुख वडा अध्यक्ष डंगोल संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने र संक्रमण जसलाई पनि हुनसक्ने भएको कारण उनीहरुलाई समाजवाट बहिष्कार गरेर मनोबल गिराउने कार्य गर्न र गराउन नहुने बताउंछन्।

हाँडीगाउँ कोटाल टोल सिलका वारेमा वडा अध्यक्ष रमेश डंगोलले भिजन संसार डटकमको गौरबमय प्रस्तुति भिजन संसार प्लस च्यानललाई दिएको विशेष अन्तरवार्ता–

प्रकाशन मिति–२०७७ साल साउन २६ गते सोमवार ।