न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा कोरोनाको वर्तमान महामारीमा हप्ताको दुई दिन कोरोनाको मारमा परेका नेपाली तथा अमेरिकीहरुलाई राहत सहयोग प्रदान गर्ने कार्य जारी रहेको छ। यसक्रममा शुक्रवार पनि भाषा, जाति तथा धर्मभन्दा माथि उठेर अमेरिकामा स्थापित हामी नेपाली ग्लोबलले पनि उक्त जारी सहयोगमा सहभागिता जनाएको छ।

न्यूयोर्क सिटी काउन्सिल कार्यालयको सहयोग र डिस्ट्रिक १९ का कमिटी बोर्ड मेम्बर तथा हामी नेपाली ग्लोबलका फस्ट भाइसचेअरमेन नवराज केसीको पहलमा, रोटरी क्लब अफ न्युयोर्क “क्वीन्स”, हामी नेपाली ग्लोवल र तारा–किशन फाउण्डेसन इन्कर्पोरेटसॅगै सहकार्यमा राहत सहयोग वितरण गर्ने कार्य भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले वताएका छन्।

केन्द्रिय अध्यक्ष लामाका अनुसार, न्यूयोर्क सिटीको स्टोर लोडिड स्थलबाट कलेज प्वाइट फ्लसिग, र ७६–०३, ३७ एभिन्यू ज्याक्सन हाइटस्थित नेपाली तथा अमेरिकी सर्वसाधारणलाई भिन्दा भिन्दै स्थानमा खाद्यान्न राहत सहयोग वितरण गरिएको छ। दही, चिकेन, हटडग, ससेंज, गाजर, आलु, प्याज, क्रिम, चीज, स्याउ र दुध, लगायतका खाद्यसामाग्रीले भरिएको प्रति थानको ४७ डलर पर्ने ५०० थान खाद्यान्न बक्स बितरण गरिएको थियो ।

खाद्यान्न वितरण कार्यमा स्वयंसेवीका रुपमा गुरू पराजुली, लोकनाथ सिग्देल,राजेश बस्नेत,ध्रुव कुवर क्षेत्री,खाम भट्ट,राजन न्यौपाने, नवराज केसी, प्रदीप लामिछाने, सुभाष सिंम्खडा, क्याथलिंन सांनान, मारग्रेट लुहलिग,माइकल नाइवौर, मिन्दिरा अमात्य ,राम पन्त, सरोज सोदारी, बिरेन्द्र जंग केसी, शोभाकान्त पाण्डे, दिनेश भण्डारी, नोर्बु शेर्पा, इन्दिरा घर्ती,अशोक पन्त,सोनम गोल्वु शेर्पा , नुटुक लामा, नुरू शेर्पा , अकूर लुइटेल लगायतको साथ र सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७७ साल मंसीर १२ गते शुक्रवार ।