ललितपुर । मरेर लानु केही पनि छैन्। बाँचुञ्जेली नै त हो। यद्यपि, मानिसमा मर्नु नै पर्दैन र अजम्बरी हो भन्ने भ्रमले घमण्ड गर्ने विद्यमान समस्या भएको आम मानिसमा रहेको यथार्थता ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले भनेका छन्।

भिजन संसार डटकमसंगको विशेष कुराकानीमा वडा अध्यक्ष श्रेष्ठले यही मानिसभित्रको घमण्डले गर्दा खिचलो तथा झै–झगडा अनि आफू–आफूवीचमा मारकाट, अनियमितता तथा भ्रष्टाचारले जरो गाडेको खुलासा गरेका छन्। आफू निर्वाचित भएर जनप्रतिनिधि भएर आएयता घमण्डका कारण आफ्ना–आफ्नावीच नै धेरै समस्या पाएको तथा ती समस्याहरुलाई समाधान गर्न निक्कै नै कसरत गर्नुपरेको र मनोबैज्ञानिक उपचार गर्न पनि परेको कैयन यथार्थता आफूसंग रहेको वडा अध्यक्ष श्रेष्ठले वताएका छन्।

मर्नुपर्दछ भन्ने कुरालाई याद मात्र कसैले गरेमा पनि एकसय प्रतिशत झैझगडा तथा अनियमितता र भ्रष्टाचार हट्ने जिकिर पनि वडा अध्यक्ष श्रेष्ठको रहेको छ। विसं.२०३७ सालको जनमत संग्रह देखि विसं.२०४६ सालको जनआन्दोलन तथा विसं.२०६२–०६३ को आन्दोलन लगायत विभिन्न आन्दोलनमा होम्मिएर जन–जनको सवालमा पैरबी–बहस गर्दैआएका जनपक्षिय वडा अध्यक्ष श्रेष्ठ वडामा आएका समस्यालाई सकभर पाँच मिनेटमा समाधान गर्ने प्रतिबद्धता अनुरुप कार्य गर्दैआएको पनि वताउंछन्।

वडामा कुनैपनि प्रकारको समस्या आउन नदिन चौविसै घण्टा वाचडगको रुपमा आफू कार्यरत रहेको पनि वडा अध्यक्ष श्रेष्ठले भनेका छन्। वडा कार्यालयवाटै वडाका प्रत्येक मूलसडक, चोक तथा गल्लीलाई निगरानी गर्न सीसी क्यामेरा संचालन गर्ने पहिलो वडाको रुपमा पनि अग्रता दिन वडा अध्यक्ष श्रेष्ठको विशेष पहला तथा योगदान रहेको छ। त्यस कार्यमा वडा अध्यक्ष श्रेष्ठका साथमा चार वडा सदस्यहरुको पनि त्यतिकै सहयोग र साथ रहेको छ। मिलेको टीम भएको कारण वडामा काम गर्न वडा अध्यक्ष श्रेष्ठले आफूलाई काम गर्न सहज र सरलता भएको वताउंछन्।
प्रकाशन मिति–२०७७ साल मंसीर २८ गते आइतवार ।