काठमाडौं। कारोना महामारीका कारण काठमाडौं उपत्यकामा विगत चार महिनादेखि सवारी साधनमा लागू भैरहेको जोर–बिजोर प्रणाली आज मिति २०७७ पुस ३ गते शुक्रवारवाट हटाइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले यातायातका साधन संचालनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने विहीवार निर्णय गरेपछि हटेको हो।

प्रशासन, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच बिहीबार भएको छलफलपछि जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोर बिजोर प्रणाली लागु हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने भनेका छन्। सिटौलाले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेका छन्।
प्रकाशन मिति–२०७७ साल पुस ३ गते शुक्रवार ।