लन्डन । नेपाल चलचित्र कलाकार संघ यूके (फ्यान यूके) को पहिलो नेपाली राष्ट्रिय गीतले दुई विद्यामा अवार्ड प्राप्त गरेको छ ।

फ्यान यूकेको पहिलो प्रस्तुति ‘हामी नेपाली हामी गोर्खाली’ राष्ट्रिय गीतको भिडियोले ‘नेपाली कला संस्कृति तथा संगीत अवार्ड २०७८’ को दुई विद्यामा अवार्ड पाएको अध्यक्ष रोमियन लिम्बुले जनाइन् ।

नेपाल चलचित्र विकास वोर्ड चाबहिलमा सम्पन्न दोस्रो अवार्ड वितरण समारोहमा ‘हामी नेपाली हामी गोर्खाली’ ले उत्कृष्ट राष्ट्रिय गीत लेखन–कल्पना आङबुहाङ (फ्यान यूके सल्लाहकार) र राष्ट्रिय गीत भिडियो निर्देशन शन्त कुमार राई (फ्यान यूके सह–कोषाध्यक्ष) गरि २ वटा अवार्ड जित्न सफल भएको हो।

उक्त गीतको भिडियो निर्देशन शन्त कुमार राईले गरेका हुन् भने संगीत अशोक कुमार राईको छ । गीत लेखन कल्पना आङ्बुहाङको हो।

उक्त भिडियोमा कलाकारहरु रोमियन लिम्बु, सुरेशराज पाठक, ध्रुव दत्त, सन्तोष राई, प्रतिमा दूतराज, आस्था जोशी, दीपक मैथाने मगर, सृजना निङ्लेखु, परशुराम राई, कुमुद पन्तले अभिनय गरेका छन् । सिनेमेटोग्राफी कुशल श्रेष्ठ र डान्स कोरियोग्राफी दिलु थापाको छ । भिडियो निर्माण सुमन पुनले गरेकी छन्।

अवार्ड दिलाउन सफल सो राष्ट्रिय गीत निर्माणमा संस्थाका सबै सदस्यहरुले धेरै मिहेनत गरेको भन्दै अध्यक्ष लिम्बुले धन्यवाद पनि दिएकी छन्।

प्रकाशन मिति–२०७८ साल चैत ७ गते सोमवार ।