काठमाडौं। परदेशमा रगत पोखेर परमबीर बनेका बीर गोर्खालीको बेग्लै कथामा बेलायतवाट निर्मित विलकुलै नयाँ नेपाली चलचित्र गोर्खा बिनिथ द ब्रेभरी नेपालमा रिलिज हुने भएको छ। भाद्र २४ गतेको रिलिज डेट सहित नेपालभर नयाँ नेपाली चलचित्र गोर्खा बिनिथ द ब्रेभरी नेपालमा रिलिज हुन लागेको हो।

नेपालका सिंगल तथा मल्टीप्लेक्स हलहरुमा एकसाथ रिलिज हुन गैरहेको नेपाली चलचित्र गोर्खा बिनिथ द ब्रेभरीमा विशेषत परदेशमा रगत पोखेर परमबीर बनेका कुलबीर थापाले पहिलो विश्वयुद्धमा देखाएको नेपाली बीरताको गौरबतालाई चलचित्र गोर्खा बिनिथ द ब्रेभरीमा उतार्ने कार्य लेखक तथा निर्देशक प्रदीप शाहीवाट भएको छ।

मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा विनोद सुवेदी (खत्री), ह्यारी ह्यारोन र भिक्टोर यारब्रोघ कार्यकारी निर्माता रहेको चलचित्र गोर्खा बिनिथ द ब्रेभरीमा स्टुर्ट वाल्कर, गौमाया गुरुङ, समिर गुरुङ, अगोस्टीनो ओभरहोफर, राजन गुरुङ, सूर्य गुरुङ, अल्ली बास्सी लगायतका नेपाली तथा विदेशी कलाकारहरुको बीरतापूर्ण अभिनय रहेको छ।

प्रकाशन मिति–२०७९ साल भाद्र २३ गते विहीवार ।