भनिन्छ स्वास्थ्य नै जीवनको सवैभन्दा ठुलो धन हो । शत्रुलाई पनि रोग नलागोस भन्ने हाम्रो समाजले आफु विरामी पर्दा उपचार गर्ने डाक्टरलाई अहिले पनि देउता जस्तै मान्छन् । तर तपाई हामीले सबै भन्दा वढी विश्वास गर्ने तीनै डाक्टरहरुका प्रमाण पत्र नक्कली छन् भन्दा जीउ नै सिरिङ्ग हुन्छ । सवैतिर नक्कलीको विगविगी बढ्दै गरेको सुनेका आम मान्छेले चिकित्सा क्षेत्र ब्यापार भयो भन्ने त सुन्दै आएका थिए तर आज विरामीको उपचार गर्ने दजनौ डाक्टर नै नक्कली भएको अभियोगमा पक्राउ परे पछि सिंगो समाज स्तव्ध हुन पुगेको छ । डाक्टरै नक्कली भेटिएपछि अव कसलाई विश्वास गर्ने, समाज कता जादैछ, यो के हुन थालेको हो ?