प्रधानमन्त्री केपी शर्मा ओली अहिले छिमेकी राष्ट्र चीनको भ्रमणमा हुनुहुन्छ । र हालै बेइजिगमा द्धिपक्षिय तहमा भएका औपचारिक वार्ता र सम्झौताहरुलाई नेपाल र चीन दुवैले ऐतिहासिक महत्वका भनेका छन् । पारवहन देखि विमानस्थल निर्माणमा सहुलियत ऋण र अनुदानमा सोलार बत्ति लिने सम्मका सम्झौता बेइजिगमा भएका छन् । तर धेरैले अपेक्षा गरेको इन्धन सम्झौता भने भएन् । द्धिपक्षियबाट अझै पर पुगेर चीन नेपाल र भारत बिच त्रिदेशीय साझेदारीका कुरा पनि बेइजिगमा उठेको छ । त्यसैले औपचारीक सम्झौताहरुले दिने उपलब्धी या परिणामका लागि केहि समय पर्खिनै पर्छ । किन भने चीनसंगको सम्बन्ध जती घनीष्ठ र ऐतीहासिक छ, भाषा संस्कृति र भुराजनीतिक हिसावले त्यसका परिणामहरु महसुस गर्न सहज छैन् । ताजा उदाहरण नै काफि छ, इन्धन संकट चर्केको वेला चीनबाट अपेक्षित ढंगले इन्धन आपूर्ती हुन सकेन भने तातोपानी नाका अझै खुलेको छैन् । यस्ता कैयौं अपेक्षा वीच भइरहेको प्रधानमन्त्री ओलीको चीन भ्रमण, वेइजीगमा भएका सम्झौताबाट हुने अल्पकालीन र दिर्घकालिन प्रभावका कुरा गर्न पूर्व अर्थ तथा परराष्ट्रमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनी हामीसंग हुनुहुन्छ ।