काठमाडौं शाहवंशीय राजामा अत्यन्त लोकप्रिय राजा वीरेन्द्रको वंशनाश गर्ने गरी मच्चाइएको राजदरबार हत्याकाण्डको आज जेठ १९ गतेवाट १९ वर्ष पूरा भएको छ।

१९ बर्ष अगाडि आजैका दिन विसं.२०५८ साल जेठ १९ गते शुक्रवारका दिन राजदरवार हत्याकाण्ड भएको थियो। अकल्पनिय राजदरवार हत्याकाण्डवाट नेपाल र नेपाली जनता शोकमा परेको आजको दिन सवैका लागि नमिठो दिनको रुपमा सवैले सम्झने गरेका छन्।

तर, राजा वीरेन्द्रको बंशनाश हुनेगरेर मच्चाइएको राजदरवार हत्याकाण्डको दोषी आजको मितिसम्म पनि पत्ता लगाउन नसक्नु र राजदरवार हत्याकाण्डको दोषीका रुपमा सोही राजदरवार हत्याकाण्डमा मारिएका युवराज दीपेन्द्रलाई प्रस्तुत गरेर पन्छिनु वाहेक कुनै सत्ताधारीहरुले केही नगरेको अवस्था रहेको छ। राजा वीरेन्द्रको परिवारको बंश नै नष्ट गर्ने गरी मच्चाइएको राजदरवार हत्याकाण्डको चित्तबुझ्दो कारण अहिलेसम्म पनि जनताले पाएका छैनन्।

विसं.२०५८ साल जेठ १९ गते शुक्रवारको रात्रि राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिराजकुमारी श्रुतिसहितका १० जनाका लागि कठोर काल बनेर निम्तिएको थियो। घटनामा राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाह, राजपरिवारका सदस्यहरु शान्ति, शारदा,जयन्ती र शारदाका पति कुमार खड्गविक्रम शाह पनि मारिएको थियो।

नेपालको इतिहासकै कालो दिनका रुपमा अंकित जेठ १९ मा भएको घटनाबारे अझै पनि नेपालीको मन सन्तुष्ट हुने गरी तथ्य स्थापित भएको छैन्। हुनत, राजा वीरेन्द्रका सहोदर भाई ज्ञानेन्द्र स्वयं हत्याकाण्डपछि राजा बनेपनि नेपाली जनतालाई पत्यार लाग्ने गरी ज्ञानेन्द्र शाहले पनि घटनाको छानबीन गराउन सकेनन् ।

सर्वोच्च अदालतका तात्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समितिले प्रेमवियोगमा परेका युवराज दीपेन्द्रबाट हत्याकाण्ड मच्चाइएको प्रतिवेदन त दियो तर उक्त प्रतिवेदनलाई अहिलेसम्म पनि नेपाली जनताले पत्याउन सकेका छैनन्।

ज्ञानेन्द्र शाहबाहेक पनि यो कालखण्डमा दर्जनौं व्यक्ति प्रधानमन्त्री बनेर सत्ता सम्हाले तर कसैले पनि यस हत्याकाण्डको उचित छानबिन गराएनन्। नेपाली जनताको मनमा विकासवादी, नेपाललाई विश्वमा शान्ति क्षेत्रको प्रस्ताव राख्ने शालिन राजाका रूपमा स्थापित राजा वीरेन्द्र विश्व जगतमा पनि उत्तिकै लोकप्रिय मानिन्छ।

भारत वाहेक विश्वका १ सयभन्दा बढी मुलुकले राजा वीरेन्द्रको नेपाललाई शान्ति क्षेत्र घोषणा प्रस्तावलाई समर्थन गरेको त्यो इतिहास कायम रहेको छ। विसं.२०४६ सालको जनआन्दोलन पश्चात जनताको चाहना वमोजिम बहुदलिय व्यवस्था कायम गरेर आफू रबर स्टायम्प राजाका रुपमा रहेर जनतालाई शासन गर्न र गराउन दिने राजाका रुपमा वीरेन्द्र त्यतिकै लोकप्रिय तथा अमर छन्।


प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।